टोकियो ओलम्पिकमा आज नेपालकी गौरिकाले प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिक समाचार

काठमाडौं । जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

गौरिका हिट वानमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् । गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट ६२ मिलिसेकेन्ड रहेको छ ।

यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्य शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् । हिजोको खेलमा नेपाली पौडी खेलाडी एलेक्स शाह ओलम्पिकको हिट चरणमा पहिलो भएपनि हिट चरणको समयका आधारमा शीर्ष १६ मा पर्न नसकेपनि उनले राष्ट्रिय कीर्तिमान राख्न भने सफल भएका थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
1