रोनाल्डो युभेन्टसको प्रशिक्षणमा फर्कदा फ्यानले गरे भब्य स्वागत ( फोटो फिचर )

फुटबल फोटो

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युभेन्टससँग प्रशिक्षणमा फर्किएका छन् । गत सिजनको अन्त्यसँगै रोनाल्डोले युभेन्टस छाड्ने चर्चा चलेको थियो।युरो २०२० मा खेलेका कारण ३६ वर्षीय खेलाडी ढिला गरी प्रशिक्षणमा फर्किएका हुन् ।

गत सिजनबाटै युरोकप २०२० सकिएपछि रोनाल्डो युभेन्टस छाडेर अर्कै टिममा आबद्ध हुने खबर आइरहेका थिए। तर, सबैलाई गलत साबित गर्दै उनी युभेन्टसमै बस्ने टुंगो लागेको हो।

मेडिकल जाँच र पहिलो दिनको ट्रेनिङमा रोनाल्डो सहभागी हुनका लागि बिदा मनाएर फर्किंदा थुप्रै समर्थक युभन्टस पुगेका थिए । रोनाल्डोको जर्सी र उनको स्वागतमा लेखिएका ब्यानर बोकेर फ्यानले उनलाई स्वागत गरेका थिए ।

रोनाल्डो आइतबार साँझ नै टुरिन पुगेका थिए । उनीमात्रै होइन डच डिफेन्डर म्याथ्थिज डि लेग्ट, फ्रेन्च मिडफिल्डर एड्रिएन राविओट र स्विडिस फरवार्ड डिजान कुलुसेभ्स्की पनि युभेन्टसको प्रशिक्षणमा फर्किएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged