टोकियो ओलम्पिकमा गौरिकाको किर्तिमान

टोकियो ओलम्पिक समाचार

काठमाडौं, साउन १३ : टोकियो ओलम्पिक २०२० अन्तर्गत सय मिटर ‘फ्रिस्टाइल’मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

सिंहले एक सय मिटरको दूरी १:००.११ सेकेन्डमा पूरा गरिन् । यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्।

हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए भने तेस्रोमा गौरिका आइन्। गौरिकाले ग्वामका खेलाडीलाई मात्रै पछि पारिन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0