किर्तिमान बनाएपछि गौरिकाले भनिन् : ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी छु’

टोकियो ओलम्पिक समाचार

काठमाडौं : नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकअन्तर्गत सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। आफ्नो हिटमा तेस्रो भएकी गौरिकाले यसअघि उनकै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन्।

यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्। ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्।

आफ्नो कीर्तिमानी सुधार गरेकी उनले आफू खुशी रहेको बताएकी छिन् । ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको छ,’ हिट्स १ को लेन ४ मा गौरिकाले ५० मिटरको लङ कोर्समा कीर्तिमान बनाएपछि भनिन् । उनले तोकुसिमामा आफ्नो कोच नभएपनि लङ कोर्समा थोरै अभ्यास गरेर कीर्तिमान बनाउन सकेकामा आनन्द लागेको सुनाइन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
2
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *