विश्व विजेता फ्रान्स ओलम्पिकको समूह चरणबाटै बाहिरियो

टोकियो ओलम्पिक फुटबल

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा विश्व विजेता फ्रान्सको यात्रा समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै आयोजक जापान भने क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न समुह चरणका अन्तिम खेलमा आयोजक जापानले फ्रान्सलाई ४-० गोल अन्तरले पराजित गर्दै समुह चरणका तिनै खेल जितेर क्वाटरफाइनलमा पुगेको छ । जापानले समुह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थान हासिल गरेर क्वाटरफाइनल पुगेको हो ।

समुह ए बाट फ्रान्स र दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएका छन् । फ्रान्स ३ खेलमा ३ अंक हासिल गर्दै तेस्रो र दक्षिण अफ्रीकाले भने ३ खेलमा तिनै खेलमा हार बेहोर्दौ प्रतियोगिताबाट बाहिरिएको छ ।सेमिफाइनल प्रवेशका लागि जापानले अब न्युजिल्यान्ड र मेक्सिकोले दक्षिण कोरियाविरुद्ध खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0