कोपा अमेरिका विजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरियो

टोकियो ओलम्पिक फुटबल

एजेन्सी। कोपा अमेरिका विजेता टोकियो ओलम्पिकको पुरुष फुटबलबाट अर्जेन्टिना बाहिरिएको छ । बुधबार सम्पन्न समुह चरणको खेलमा स्पेनसँग १-१ गोलको बराबरी खेलेको अर्जेन्टिना समुह सी मा ४ अंकसहित तेस्रो हुदै ओलम्पिकबाट समुह चरणबाट बाहिरिएको हो ।

अर्जेन्टिना र इजिप्टको समान चार अंक भएपनि गोलअन्तरमा अर्जेन्टिना बाहिरिएको हो। समूह ‘सी’बाट स्पेनले विजेता र इजिप्टले उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाए।

त्यस्तै इजिप्टले समुह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई २-० गोल अन्तरले पराजित गर्दै समुह मा दोस्रो हुदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0