ओलम्पिक फुटबलको क्वाटरफाईनल खेल्ने टिम तय, यस्तो छ क्वाटरफाईनल खेलको समिकरण

टोकियो ओलम्पिक फुटबल

काठमाडौं : बुधबार समुह चरणका अन्तिम खेलहरु सकिएसँगै टोकियो ओलम्पिक फुटबलको क्वाटरफाइनलको समिकरण पुरा भएको छ । समूह ’डी’ अन्तर्गत अघिल्लो विजेता ब्राजिल समूहका पहिलो भएर अन्तिम ८ मा पुगेपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

समुह ए बाट क्वाटरफाइनलमा आयोजक जापान र मेक्सिको पुगेका छन् । जापानले समुह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थान हासिल गरेर क्वाटरफाइनल पुगेको छ ।

त्यस्तै समुह बि बाट दक्षिण कोरिया र न्युजील्याण्ड क्वाटरफाइनलमा पुगेका छन् । दक्षिण कोरिया ३ खेलमा ६ अंक हासिल गर्दै पहिलो र न्युजील्याण्डले ३ खेलमा ४ अंक हासिल गर्दै दोस्रो भएर क्वाटरफाइनलमा पुगेका हुन् ।

त्यस्तै समुह सी बाट स्पेन र इजिप्ट, समुह डी बाट ब्राजिल र आइभरी कोष्ट क्वाटरफाइनल पुगेका छन् । प्रतियोगितामा स्वर्ण पदकका दावेदार जर्मनी, फ्रान्स र अर्जेन्टिना भने अन्तिम ८ मा स्थान बनाउन असफल भएका छन् ।

क्वार्टर फाइनलमा स्पेन र आइभोरी कोस्ट, जापान र न्युजिल्यान्ड, ब्राजिल र इजिप्ट तथा दक्षिण कोरिया र मेक्सिको बीच शनिबार प्रतिस्पर्धा हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
4