राजीनामा दिन बाध्य पारेको विषयमा अलमुताइरीद्वारा छानबिनको माग, दिए एन्फामा निवेदन

फुटबल

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित एक खेलकुद अनलाइनका दुई सञ्चारकर्मीका विषयमा छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा बिहीबार पत्र बुझाएका छन्।

मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार दिउँसो एन्फा कम्प्लेकसमार रहेका एन्फको कार्यायमा निवेदन दर्ता गराएको एन्फा प्रवक्ता किरणले राईले बताए । ‘दुई जना पत्रकारको विषय र वरिष्ठ उपाध्यक्षसँगको विषयमा आवश्यक छानविन होस भनेर निवेदन दिनु भएको छ,’ एन्फाका प्रवक्ता किरण राईले भने, ‘उपाध्यक्ष ज्यूले अगाडि नै दिनु भएको थियो। भोलि यस विषयमा मिटिङ भएकाले आज दिनु भएको छ।’

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए। नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई निवेदन दर्ता बुझाइसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged