टोकियो ओलम्पिकमा नेपालकी सरस्वतीले भोलि प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिक समाचार

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ अन्तर्गत नेपाली खेलाडीको अन्तिम प्रतिस्पर्धा भोलि शुक्रबार विहान हुँदैछ। महिला सय मिटर दौडमा नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन्।

नेपाली समयअनुसार विहान ५:५० बजे हुने प्रतिस्पर्धामा सरस्वती दोस्रो हिटमा छिन् । यो हिटमा साउदी अरेबिया, इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी छन् ।

आफ्नो हिटमा भएका नौ खेलाडी मध्ये शीर्ष तीनमा पर्न सके सरस्वती दोस्रो चरणमा पुग्नेछिन्। महिला सय मिटरमा तीन वटा हिटमा ९-९ खेलाडी गरी २७ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी भएकी सरस्वतीको बेस्ट टाइमिङ १२:५५ सेकेण्ड रहेको छ । उनले २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा उक्त समयमा १०० मिटर दौड पूरा गरेकी थिइन् ।

सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखेकी छन् । सय मिटर दौडमा नेपालको राष्ट्रिय रेकर्ड देवीमाया पनेरूको नाममा छ। उनले सन् १९९९ को साग गेम्समा १२.१९ मा सय मिटर दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0