टोकियो ओलम्पिक : पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

टोकियो ओलम्पिक समाचार

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा महिलाको १ सय मिटर दौडमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिला सय मिटर दौडमा आज बिहान प्रतिस्पर्धा गरेकी सरस्वतीले १२ दशमलव ९१ सेकेडमा रेस पूरा गरिन् ।

सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन्। युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी सरस्वतीको बेस्ट टाइमिङ १२:५५ सेकेन्ड हो। उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन्।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ । टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए तर पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन् । पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Tagged