यु-१९ क्रिकेट टिमलाई वाईवाईको साथ

क्रिकेट

काठमाडौँ : चौधरी ग्रुपले १९ वर्षमुनिको क्रिकेट टोलीलाई प्रयोजन गर्ने भएको छ । पाँच वर्षको प्रायोजन सम्झौतामा सोमबार नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार चौधरी ग्रुपले आउँदो पाँच वर्षसम्म वार्षिक रुपमा १९ वर्षमुनिको घरेलु क्रिकेट तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको व्यवस्थाका लागि ७० लाख रुपैयाँ प्रदान गर्ने छ । यो रकम हरेक दोस्रो वर्षमा १० प्रतिशत बढ्ने सम्झौतामा उल्लेख छ ।

चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ विगतमा १० वर्ष भन्दा लामो समय प्रयोजकका रुपमा जोडिएको थियो । पछिल्ला चार वर्ष बाहिर रहेको वाइवाइ पुनः प्रायोजनसहित १९ वर्षमुनिको क्रिकेटमा जोडिन आएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0