मुख्य प्रशिक्षकले दिएको राजीनामाबारे छलफल गर्न आज एन्फाको बैठक

समाचार

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिएको राजीनामाबारे छलफल गर्न आज अखिल नेपाल फुटबल संघ (एन्फा)आकस्मिक बैठक बस्दै छ ।

मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले दवाव दिएको आरोप लगाउँदै राजीनामाको घोषणा गरेका थिए । मुख्य प्रशिक्षकसँग भएको भनिएको विवाद र पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको बैठक बोलाएको हो ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले अलमुताइरीले आफूमाथि षडयन्त्र गरेको पनि आरोप लगाएका छन् । जब राजीनामाको कारण आफ्नो नाम मुछिएपछि आश्चर्य भएको उनले बताए । उनले अलमुताइरीलाई नभेटेको तर, यो सब उनीमाथि षड्यन्त्र भएको पनि उनले दाबी गरेका थिए ।

यसबारे छानबिन हुनुपर्ने र दोषी देखिएमा पदबाट राजीनामा दिन पनि तयार भएको उनले बताउँदै आएका छन् । आजको बैठकमा नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे पनि छलफल हुने एन्फाले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0