एसियन कप छनोटको लागि मैदानमा कडा अभ्यास गर्दै नेपाली महिला फुटबल टिम ( हेर्नुस फोटो फिचर )

फुटबल फोटो

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् ।

छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौदेखि ९ असोज)लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपाली सेनाको शान्ति मिसनमा गएका कारण कविता धिमाल टोलीमा उपलब्ध हुने छैनन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, सावित्री किसान, सपना राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रीति राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मि घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अमृता जैशी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुसुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङमा राई

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *