नेम्वाङ-अल्मुतारी विवाद समाधान गर्ने जिम्मा युवा तथा खेलकुद मन्त्रालयलाई

समाचार

काठमाडौं । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विवादबारे छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा दिएकाे छ।

एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । ‘घटनाको सत्यतथ्य छानबिन होस् भनेर मन्त्रालयलाई पत्र लेखेका छौं। उतैबाट यो विवादको निर्णय हुन्छ,’एन्फा प्रवक्ता किरण राईलेले भने।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अलमुताइरीले एकअर्काविरुद्ध छानवबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए। तर, नेम्वाङसहित केही पदाधिकारी बैठक चल्दाचल्दै बाहिरिएका थिए।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अलमुताइरीले एकअर्काविरुद्ध छानवबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए। तर, नेम्वाङसहित केही पदाधिकारी बैठक चल्दाचल्दै बाहिरिएका थिए।

अल्मुताइरीले आइतबार नेम्वाङका कारण आफूले राजीनामा दिने भन्दै फेसबुकमा पोस्ट गरेका थिए। तथापि उनले लिखित राजीनामा दिएका छैनन्। उनले नेम्वाङले आफूविरुद्ध षडयन्त्र गरेको भन्दै छानबिनलाई एन्फामा निवेदन दिएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *