राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, ‘माई सेकेण्ड टिचर’द्वारा प्रायोजन

क्रिकेट

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ । सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरे ।

माई सेकेण्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी प्रायोजन गर्नेछ । मुख्य प्रायोजन रहेको माई टिचरले सम्झौता रकम भने खुलाएको छैन । सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहनेछ ।

यस्तै आईएनजी ग्रप र इस्लिङ्गटन कलेजको लोगो प्रयोग सोमबार गर्नेछ । जर्सीको अगाडि भागमा माई सेकेन्ट टिचर लोगो, वाँया कुममा आइएनजी ग्रुपको लोगो हुनेछ भने पछाडि इस्लिङ्गटन कलेको लोगो हुनेछ ।

अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल हुँदा कम्तिमा पनि एक वर्ष उक्त लोगो भएको जर्सी लगाएर प्रतिस्पर्धा गर्नेछ । नेपालले अर्को महिना नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालले सोही नयाँ जर्सीको प्रयोग गर्नेछ । टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्दै छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0