बर्लिनसँग लिभरपुलको हार

फुटबल

काठमाडौं : गएराति भएको प्रिसिजन मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब लिभरपुलाई बुन्डेसलिगा क्लब हर्था बर्लिनले ४-३ ले हराएको छ । बर्लिनको जितमा स्टेभन जोभिटिचले दुई तथा सान्टियागो एस्कासिवार र सुआट सेरदारले समान एक गोल गरे । लिभरपुलका साडियो माने, ताकुमी मिनामिनो र एलेक्स अक्सलेड चेम्बरलिनले गोल गरेपनि हार टार्न सकेनन् ।

यसैबीच लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकले यसै खेलमार्फत पुनरागमन गरेका छन् । चोटका कारण मैदानबाहिर रहेका उनी २८५ दिनपछि फर्किएका हुन् । डच टोलीका कप्तान समेत रहेका उनले युरोकप फुटबल पनि गुमाएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0