बङ्लादेशले हात झिकेपछि साफ च्याम्पियनसिप नेपालमै गर्ने एन्फाको निर्णय

फुटबल समाचार

काठमाडौं। साफ च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फा कार्यसमितिको आपत्कालीन बैठकले मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ। महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ।

बङ्गलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनशिप कोरोना महामारीका कारण हुन सकेको थिएन । बङ्गलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो । नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *