इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले क्रिकेटबाट लिए अनिश्चित समयका लागि विश्राम

क्रिकेट

काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले सबैखाले क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन ब्रेक लिएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी)ले जनाएको छ ।

यससँगै भारतविरुद्ध बुधबारबाट हुने पाँच खेलको टेष्ट शृंखलामा स्टोक्स हुने छैनन्। उनको स्थानमा क्रेग ओभरटनलाई टिममा समावेश गरिएको छ । स्टोक्सको कप्तानीमा इङ्ग्ल्यान्डको दोस्रो रोजाइको टोलीले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खलामा क्लिन ‘स्वीप’ गरेको थियो ।

औँलाको चोटसँग संघर्ष गरिरहेका स्टोक्सले परिवारसँग समय बिताउन चाहेका छन् । उनी आगामी नोभेम्बरमा हुने टि–२० विश्वकपका लागि टोलीमा फर्कन सक्ने अनुमान गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged