अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान सहित जिते तेस्रो स्वर्ण

टोकियो ओलम्पिक समाचार

काठमाडौं । टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी ४९.४५ सेकेण्डमा पार गरे। ड्रेसलले आफ्नै नाममा रहेको ४९.५० सेकेण्डको कीर्तिमान तोडेका हुन्।

हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् । जारी ओलम्पिकमा सेलेबको यो तेस्रो स्वर्ण पदक हो। यसअघि उनले पुरुष १०० मिटर फ्रीस्टाइल र ४ गुण १०० मिनेट फ्रीस्टाइल रिलेमा स्वर्ण पदक जितेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *