सरकारले एन्फालाई ५ करोड रुपैयाँ दिने

फुटबल

काठमाडौं । नेपालमा १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ करोड रुपैयाँ दिने भएको छ । एन्फाले साफ आयोजनाका लागि सरकारले ५ करोड दिने निर्णय गरेको जनाएको छ ।

नेपालमा प्रतियोगिता आयोजना गर्न सरकारबाट श्रोत सुनिश्चितता प्रतिवद्धता पत्र सहित आर्थिक सहयोग ५ करोड प्राप्त भएको एन्फाले जनाएको छ।

शुक्रबार बसेको एन्फाको आपतकालीन केन्द्रिय कार्यसमितिको बैठकले साफको लागि ५ करोड रुपैयाँ प्रदान गर्ने मन्त्री स्तरीय निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ।

एन्फाले साफ आयोजनाको लागि कुल १० करोड खर्च हुने जनाएको छ । एन्फाको बैठकले १० करोड रुपैयाँ बराबरको विस्तृत प्रस्ताव दक्षिण एसियाली फुटबल महासंघ (साफ)लाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0