ग्रिजमन र डिपाएको शानदार प्रदर्शनमा बार्सिलोनाको सहज जित ( भिडियो सहित )

फुटबल

एजेन्सी। मैत्रीपूर्ण खेलमा एन्टोइन ग्रिजमन र मेम्फिस डिपाएको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले गएराति भीएफबी स्टुटगार्टलाई ३–० ले हराएको छ। मर्सेडिज बेन्ज एरेनामा भएको खेलमा बार्सिलोनाका लागि मेम्फिस डिपाएले २१औं, युसुफ डेमिरले ३६औं र रिकार्ड पुइजले ७४औं मिनेटमा गोल गरे ।

बार्सिलोनाले २१औं मिनेटमा डिपाएको गोलबाट अग्रता लियो। युसुफ डेमिरले ३६औं मिनेटमा अग्रता दोब्बर बनाए। रिकार्ड पुइगले ७४औं मिनेटमा अर्को गोल थप्दै बार्सिलोनाको जित पक्का गरे।

सिजनअघिको सबै मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ। लिगअघि बार्सिलोनाले साल्जबर्ग र युभेन्टसविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0