वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टीमा पाकिस्तान विजयी

क्रिकेट

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ। गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो । यो जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

पाकिस्तानले दिएको १५८ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पाकिस्तानका शहिन अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, मोहमद रिजवानले ४६ रन जोड्दा फखर जमानले १५ रन बनाए।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *