किर्तिमान सहित अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जिते चौथो स्वर्ण पदक

टोकियो ओलम्पिक समाचार

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान सहित स्वर्ण जितेका छन् । आज बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१ सेकेण्ड ०७ मिलिसेकेण्डमा दूरी पूरा गरी स्वर्ण पदक हात पारेका हुन् । टोकियोमा उनको स्वर्ण संख्या चार पुगेको छ ।

सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१ सेकेण्ड ३० मिलिसेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका छन् । यस इभेन्टमा विश्व कीर्तिमान पनि उनै सेइलोको नाममा रहेको छ । उनले २००९ मा २०.९१ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

५० मिटर फ्री स्टाइलमा २१.५५ सेकेण्डमा दूरी पूरा गरेका फ्रान्सका फ्लोरेन्ट मानाउडोले रजत तथा २१.५७ सेकेण्डमा दूरी पूरा गरेका ब्राजिलका ब्रूनो फ्रातुसले काश्य पदक जिते।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *