ए डिभिजन लिगको लागि थ्री स्टारले भित्र्यायो नयाँ मिडफिल्डर

फुटबल

काठमाडौं । मिडफिल्डर थापालाई ए डिभिजन क्लब थ्री स्टारले आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि अनुबन्ध गरेको छ । ललितपुरे क्लब थ्री स्टारले दोनालाई आइतबार एक वर्षको लागि अनुबन्ध गरेका जनाएको छ । अनुबन्ध रकम राम्रै रहेको भएपनि खुलाइएको छैन ।

चोटका कारण घरेलु फुटबलमा पछिल्लो दुई वर्ष नदेखिएको डोनाले पछिल्लो पटक मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका थिए । उनले गत वर्ष श्री भगवतीबाट बी डिभिजन लिग खेलेका थिए । यस्तै गत वैशाख-जेठमा भएको नेपाल सुपर लिग ललितपुर सिटी फुटबल क्लबबाट खेलेका थिए ।

‘म सधै थ्री स्टारबाट खेल्न चाहन्थे । थ्री स्टारको प्रस्ताव मैले अस्विकार गर्न सकिन । प्रतिष्ठित क्लबको एक हिस्सा हुन पाउँदा अद्भुत महशुस गरेको छु,’ सम्झौतापछि डोनाले थ्री स्टारबाट भने ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1