२ महिनापछि सर्‍यो ए डिभिजन लिग, विजेताले ७५ लाख पाउने

फुटबल

काठमाडौं । असोज ३ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ए डिभिजन लिग २ महिनापछि परेको छ। आइतबार एन्फा र ए डिभिजन क्लबहरुबीच भएको बैठकपछि उक्त निर्णय लिइएको हो। आउँदो अक्टोबरमा साफ च्याम्पियनसिप आयोजना गर्नुपर्ने भएपछि घरेलु लिग पछि सारिएको एन्फाले बताएको छ ।

नयाँ मितिअनुसार नेपाली फुटबलको शीर्ष लिग कात्तिक २९ गतेबाट हुने एन्फाले जनाएको छ। त्यस्तै एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार राशि गत वर्षको भन्दा बढाएको छ। यसअघि विजेताले ५० लाख रुपैयाँ पाउने तय भए पनि आइतबारको बैठकले पुरस्कार राशी बढाउने निर्णय गरेको एन्फाका एक अधिकारीले जानकारी दिए ।

यसपटक लिगको विजेताले ७५ लाख रुपैयाँ पाउनेछ। त्यस्तै, दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउनेछ। यसअघि दोस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाएको थियो। तयारीबापत सबै १४ क्लबले २/२ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ। तालिकाका अन्तिम दुई टोली बी डिभिजनमा घटुवा हुने छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0