मोटो रकम लिएर ह्वाइट आर्सेनलमा अनुबन्धित

फुटबल

एजेन्सी। इंग्लिस डिफेन्डर बेन ह्वाइट लन्डन क्लब आर्सेनलमा अनुबन्धित भएका छन् । २३ वर्षीय ह्वाइटलाई तीन वर्षका लागि ५० मिलियन पाउन्डमा आर्सेनलले अर्को प्रिमियर लिग क्लब ब्राइटन होभ अल्वियोनबाट अनुबन्ध गरेको हो । सम्झौताअनुसार बेन ह्वाइट सन् २०२४ सम्म इमिरेट्स स्टेडियममा रहनेछन् ।

उनी यसअघि साउथह्याम्टनबाट सन् २०१६ मा ब्राइटनमा पुगेका थिए । ब्राइटनमा एक सिजन बिताएपछि उनले च्याम्पियनसिप क्लब न्युपोर्ट काउन्टी, पिटर्सवर्ग र लिड्स युनाइटेडबाट खेलेका थिए । लिड्सलाई शीर्ष डिभिजनमा बढुवा गर्न उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

त्यसपछि उनले गत सिजन ब्राइटनबाटै खेलेका थिए । ह्वाइट आर्सेनलले यो सिजन अनुबन्ध गरेको तेस्रो खेलाडी हो । आर्सेनलले यसअघि मिडफिल्डर अल्वर्ट साम्बी लोकोङ्गा र लेफ्टब्याक नुनो टाभारेसलाई अनुबन्ध गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0