ओलम्पिकमा भारतकी पीभी सिन्धुले जितिन् कास्य पदक

टोकियो ओलम्पिक समाचार

एजेन्सी। भारतकी पीभी सिन्धुले ब्याडमिन्टन महिला एकल स्पर्धामा कास्य पदक जितेकी छिन्। ओलम्पिकमा उनको यो दोस्रो पदक हो। यसअघि उनले रियो ओलम्पिकमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। सिन्धुले चीनकी हे बिङ जियाओलाई २१–१३, २१–१५ को सेटमा हराएकी हुन्। यससँगै सिन्धु ओलम्पिकमा दुई वटा पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged