अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले जिते पाँचौं स्वर्ण

टोकियो ओलम्पिक समाचार

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले पाँच स्वर्ण जितेका छन् । उनले आज बिहान ४ गुणा १०० मिड्ले रिलेमा विश्व कीर्तिमान र पुरुष ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितेका छन्।

टोक्यो ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रेसल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक बनेका छन् । त्यसअघि आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा उनले २१.०७ सेकेन्डको कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0