टोकियो ओलम्पिकमा चीनको जलवा जारी, २३ स्वर्ण सहित शिर्ष स्थानमा कायमै

टोकियो ओलम्पिक समाचार

जेन्सी । जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको संख्या २३ पुर्याएको छ । चीन २३ स्वर्ण, १४ रजत र १३ कास्यसहित ५० पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २२ रजत र १६कास्य गरी ५८पदक जितेको छ ।

तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, पाँच रजत र ९कास्यसहित ३१ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित कुल ३१ पदक जितेको छ । रुस ओलम्पिक कमिटीले १२ स्वर्ण, बेलायतले १०, दक्षिण कोरियाले र फ्रान्सले पाच जितेका छन् । नेदरल्यान्ड, जर्मनीले ४ स्वर्ण जितेका छन् ।

यस्तै न्युजिल्यान्ड र चेक रिपब्लिकले चार – चार स्वर्ण जितेका छन् । इटली, चाइनिज ताइपे, हङ्गेरी, स्लोभानिया र कोसोभोले दुई – दुई स्वर्ण जितेका छन् । ३० वटा देशले एक- एक स्वर्ण जितेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0