मैत्रीपुर्ण खेलमा चेल्सीसँग आर्सनल पराजित

फुटबल

काठमाडौं । सिजनको तयारी स्वरुप खेलिएको मैत्रीपुर्ण खेलमा इंग्लीश फुटबल क्लब चेल्सीले आर्सनललाई पराजित गरेको छ । आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।

आर्सनलको मैदानमा लण्डन डर्बीमा भएको खेलमा चेल्सीको जितमा काई हाभर्टज र ट्यामी अब्राहमले एक एक गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।

अब चेल्सीले ५ अगस्टमा टोटेनहमसँग अर्काे मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ११ अगस्टको राति स्पेनिस क्लब भिल्लारियलसँग युएफा सुपरकपमा प्रतिस्पर्धा गर्ने तालिका छ । आर्सनलले ८ अगस्टमा टोटेनहमसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0