इटालीका मार्सेल ज्याकोब्स विश्वकै सबैभन्दा तेज धावक, जिते स्वर्ण पदक

टोकियो ओलम्पिक समाचार

काठमाडौं । टोकियो ओलम्पिकको पुरुष सय मिटर दौडमा स्वर्ण पदक जित्दै इटालीका मार्सेल ज्याकोब्स विश्वकै सबैभन्दा तेज धावक बनेका छन्। उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन्।

उनले उपाधि दावेदार मानिएका अमेरिकी खेलाडी फ्रेड कर्लीलाई शुन्य दशमलब शुन्य चार सेकेण्डले पछि पारे । यो वर्ष सबैभन्दा छिटो दौडिएका विश्व च्याम्पियन क्रिश्चियन कोलम्यान र ट्रेभोन ब्रोमेलको अुनपस्थितीमा ज्याकोबले अप्रत्याशितरुपले स्वर्ण पदक जितेका हुन् ।

ज्याकोब्सले फाइनलसम्म आइपुग्दा १४ मिलिसेकेण्ड समय सुधार गरे । उनले राउण्ड वानमा ९.९४ र सेमिफाइनलमा ९.८४ सेकेण्डमा १०० मिटर दूरी दौडेका थिए । उनले युरोपियन क्षेत्रको समेत कीर्तिमान बनाए ।

अमेरिकाका फ्रेड कार्लेले ९.८४ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते। क्यानडाका आन्द्रे डी ग्रेसीले ९.८९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते। यसअघिका लगातार तीन वटा ओलम्पिकमा जमैकाका उसेन बोल्टले स्वर्णपदक जितेका थिए। उनले गत रियो ओलम्पिकपछि सन्यास लिएका थिए। बोल्टको नाममा ९.५८ सेकेन्डसहित विश्व कीर्तिमान र ९.६३ सेकेन्डसहित ओलम्पिक कीर्तिमान रहेको छ। दुवै कीर्तिमान कसैले तोड्न सकेको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
3
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *