म्याथ्यू वेड बने अष्ट्रेलिया टिमको नयाँ कप्तान, यस्तो छ अष्ट्रेलियाको टिम

क्रिकेट

काठमाडौं । बंगलादेशबिरुद्ध टि-२० शिरिजको लागि अष्ट्रेलियाले विकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेडलाई कप्तान बनाइएको हो। नियमित कप्तान आरोन फिन्चले घुँडाको चोटको कारण भ्रमण गुमाएपछि वेडले कप्तानी गर्ने अवसर पाएका हुन् । वेस्टइन्डिज भ्रमणका बेला फिन्चलाई चोट लागेको थियो ।

अष्ट्रेलिया र बंगलादेश बिच हुने टि-२० सिरिज ३ अगष्टदेखि सुरु हुनेछ। शिरिजको पाँचै खेल शेर–ए–बंगला राष्ट्रिय स्टेडियम, ढाकामा हुनेछन्। सिरिजको दोस्रो खेल ४ अगष्ट, तेस्रो म्याच अगष्ट ६, चौथो खेल अगष्ट ७ र पाँचौं म्याच ९ अगष्टमा हुने खेल तालिका रहेको छ।

अष्ट्रेलिया क्रिकेट टिम चार वर्षपछि बंगलादेशको भ्रमणमा आएको हो। पछिल्लो पटक अष्ट्रेलियाले सन् २०१७ मा बंगलादेशको भ्रमण गरेको थियो।

यस्तो छ अष्ट्रेलियाको टिम : म्याथ्यु वेड (कप्तान) एस्टन आगर, वेस आगर, जेसन बेहरेन्डोर्फ, एलेक्स केरी, डान क्रिस्टियन, जोश हेजलवुड, मोइसेस हेनरिक्स, मिचेल मार्श, बेन म्याकडर्मोट, रिले मेरिडिथ, जोश फिलिप, मिचेल स्टार्क, मिचेल स्विपसन, एस्टन टर्नर, एन्ड्रयू टाय र एडम जम्पा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *