अलमुताइरी र पंकज नेम्वाङ विवाद उत्कर्षमा ! एन्फा प्रवक्ता राईले दिए राजीनामा

समाचार

काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा) को प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन्। सोमबार अध्यक्ष कर्माछिरिङ शेर्पालाई उनले राजीनामा बुझाएका हुन्। एन्फामा पछिल्लो समय उपाध्यक्ष पंकज नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीचको विवाद उत्कर्षमा छ। प्रवक्ता राईले पनि त्यही कारण नै राजीनामा दिएको बुझिएको छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंक्रजविक्रम नेम्वाङले नाटक गरेको भन्दै सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गरेको घटनाबाट प्रवक्ता राई रुष्ट थिए। एन्फा अब नराम्रो अवस्थामा पुगेको हुनाले चाँडै चुनावमा जानुपर्ने प्रवक्ताले बताए । उनले एन्फा पदाधिकारीको गतिविधिले खेलाडीमा नराम्रो असर पर्न नहुने बताए । पछिल्लो समय पदाधिकारीमा जुन हर्कत भएको छ यो कुरा यहीँ नरोकिँदा नेपाली फुटबलमा ठुलो क्षति हुने राइले बताए ।

राईले केहीअघि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै असन्तुष्टि पोखेका थिए। उनले लेखेका थिए, ‘म म र्छु होला बरु तर फुटबल खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता र सिद्धान्तविपरित पाइला चाल्न र नेपाली ग रि ब भएको प्रचार गरेर सहयोग प्राप्त भयो भन्दैमा सबै मान्यता र स्वाभिमान नै झुक्ने गरि सम्झौता गर्न मिल्ला र?’

यसअघि प्रवक्ता राईले हिजो आइतबार नै राजीनामा दिने चर्चा थियो। तर एन्फा अध्यक्ष शेर्पासँग केही सम्झौता भएकाले राजीनामा रोकिएको चर्चा चलेको थियो। एन्फामा पछिल्लो समय राजीनामा दिने क्रम चलिरहेको छ। यसअघि हिजो सहायक महासचिव वसन्तराज अर्यालले पनि राजीनामा दिएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged