अन्ततः नेपाली टिमका प्रशिक्षक अलमुताइरीले मागे माफी

फुटबल समाचार

काठमाडौं । अन्ततः नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन्। आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

‘मैले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन खोजेको थिएँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ। त्यसप्रति म क्षमा चाहन्छु।’

आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिन पाएकोमा खुसी रहेको समेत मुख्य प्रशिक्षक अल्मुताइरीले बताएका छन् ।

उनले नेपालमा खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने, यसअघि ‘प्रशिक्षक र खेलाडी नयाँ ठाउ हेर्न जाने र कम भन्दा कम गोल खाने लक्ष्य लिएर जाने गरेको’ भन्ने आशयमा अन्तर्वार्ता दिएपछि पूर्व खेलाडी र प्रशिक्षकको आलोचना सहनु परेको थियो।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged