ईपीएलमा सन्दीपले काठमाडौं किङ्स-११ को कप्तानी गर्ने

क्रिकेट

काठमाडौं । आगामी असोज पहिलो साता कीर्तिपुरस्थित टियू मैदानमा हुने चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्स–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । काठमाडौंले सोमबार सन्दीपलाई कप्तानको रुपमा सार्वजनिक गरेको हो ।

काठमाडौं किंग्सले फेसबुकमा सन्दीपलाई २१औं जन्मदिनको शुभकामना दिँदै कप्तानको जिम्मवारी दिएको हो। यसअघि सन्दीपले गतवर्ष भएकाे काठमाडाैं मेयर्स कप क्रिकेट प्रतियाेगितामा मेयर्स ११ टिमकाे पनि कप्तानी गरेका थिए। यसअघि काठमाडौंको कप्तानी सोमपाल कामीले गरेका थिए ।

काठमाडौंमा सन्दीपसँगै पाकिस्तानी भेट्रान अलराउन्डर साहिद अफ्रिदी पनि छन्। केही दिनअघि पाकिस्तानका पूर्व कप्तान अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ ।

सन्दीप र शाहिदसँगै काठमाडौंमा दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *