टोकियो ओलम्पिक : अमेरिकालाई स्तब्ध बनाउँदै महिला फुटबलको फाईनलमा क्यानडा

टोकियो ओलम्पिक फुटबल

काठमाडौं । क्यानडा टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको फाइनल प्रवेश गरेको छ । उसले इबराकी रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा अमेरिकामाथि १–० को कठिन जित निकालेको हो ।

खेलको ७४औँ मिनेटमा जेसी फ्लेमिङले पेनाल्टीमार्फत गरेको एक मात्र गोल क्यानडालाई पहिलोपटक फाइनल पुर्याउन पर्याप्त बन्यो । क्यानडाले अगस्ट ६ मा स्वर्णपदकका लागि अस्ट्रेलिया र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडाले ब्राजिल र अमेरिकाले नेदरल्यान्डलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0