पारस खड्काद्धारा अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यासकाे घाेषणा

क्रिकेट

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएका हुन् । यस अवधीमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवादसमेत दिएका छन् ।

“सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छ । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,” उनले ट्विटरमा लेखेका छन्, “२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु ।” पारसले लेखेका छन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged