ओलम्पिक फटबलको स्वर्ण पदकको लागि ब्राजिल र स्पेन भिड्ने

टोकियो ओलम्पिक फुटबल

काठमाडौं, साउन १९ : जापानमा जारी ३२ औं संस्करणको ओलम्पिकमा पुरूष फुटबलको स्वर्ण पदकको लागि साविक विजेता ब्राजिल र स्पेनले भिड्ने भएका छन्।मंगलबार भएको सेमिफाइनल खेलमा आ-आफ्नो खेलमा जित हासिल गर्दै ब्राजिल र स्पेनले फाईनलमा स्थान बनाएका हुन् ।

पहिलो सेमिफाईनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण नजिक पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

त्यस्तै मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा जापानलाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको हो । स्पेनले जापानलाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्वर्ण नजिक पुगेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो खेलको ११५ औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।


अब स्पेनल र ब्राजिलबिच स्वर्ण पदकका लागि हुने फाईनल खेल आगामी शनिबार हुने छ । त्यस्तै यस खेलमा पराजित भएको ओलम्पिकको आयोजक जापानले काश्य पदकका लागि शुक्रबार मेक्सिकोसँग खेल्ने भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
1
+1
2
+1
0