पारस खड्काको सन्यास ! सन्दीप लामिछानेको मौनता

क्रिकेट

काठमाडौं । मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले अचानक सन्यासको घोषणा गरे । पारसको अप्रत्यासित सन्यास घोषणाले क्रिकेट फ्यानहरुलाई चकित नै बनायो ।

पछिल्लो डेढ दशक नेपाली क्रिकेटको पर्यायका रूपमा रहेका पारसलाई नेपाललाई डिभिजन ५ देखि एक दिवसीय मान्यताप्राप्त राष्ट्रमा उकाल्ने सबैभन्दा ठूलो श्रेय जान्छ । नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा नेतृत्व गरेका पारसका नाममा अनेकन राष्ट्रिय कीर्तिमान छन् । एकदिवसीय र टी–२० क्रिकेटमा सर्वाधिक रन उनैले बनाएका छन् ।

सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका पारसले त्यसको पाँच वर्षपछि सन् २००९ मा विनोद दासको स्थान लिँदै नेपाली क्रिकेटको कप्तानी कमान सम्हालेका थिए । सन् २००० को दशकदेखि उनीसँगै खेल्ने खेलाडीमा अब कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी र विनोद भण्डारी मात्र छन् । यी खेलाडीपछि नेपाली क्रिकेट अब नयाँ पुस्ताको काँधमा पुग्नेछ ।

यसैबिच पारसको सन्यास पछि धरै नेपाली खेलाडीहरुले पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै धन्यवाद दिएका छन् । तर नेपालका लेग स्पिनर सन्दीप लामिछानेले भने अहिलेसम्म पारसको सन्यासबारे केहि पोष्ट गरेका छैनन् । त्यसो त सन्दीपले अन्य बिदेशी खेलाडी तथा नेपालकै खेलाडीहरुले सन्यास लिदा तथा जन्मदिनमा फोटो राखेर शुभकामना तथा धन्यवाद दिने गरेका थिए । तर नेपाली क्रिकेटको हस्ति पारस खड्काको बारेमा भने सन्दीपले केहि पोस्ट नगर्दा फ्यानहरु आश्चर्यमा परेका छन् ।

उसो त सन्दीप र पारसको सम्बन्ध खासै राम्रो नभएको चर्चा बेला बेला हुने गरेको छ । केहि समय अगाडि सन्दीपले पारसलाई सोसल मिडियमा अन फलो नै गरेका थिए । जसको कारण सन्दीपको चर्को आलोचना समेत भएको थियो । त्यसको केहि समयपछि उनले फेसकुबमा पारस खड्का र आफ्नो तस्बिर पोष्ट गर्दै ‘राजासँग हिड्दै’ भन्दै भनेर लेखेका थिए । त्यसपछि पारससँगको बिवादलाई लिएर आलोचना कम हुन थालेपनि यतिबेला उनको सन्यासको बिषयमा केहि पोष्ट नगर्दा सन्दीप र पारसबिच सबै कुरा मिलेको छैन भन्ने अंडकल काट्न थालिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged