अष्ट्रेलियाबिरुद्ध टि-२० मा बंगलादेशको पहिलो ऐतिहासिक जित

क्रिकेट

काठमाडौं । पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै घरेलु टिम बंगलादेशले ऐतिहासिक जित निकालेको छ । ​मंगलबार राती भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।

अन्तर्राष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो पहिलो जित हो । यसअघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । मंगलबार ढाकामा भएको खेलमा बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ र कप्तान म्याथ्यु वेडले १३ रन बनाए । अष्ट्रेलियाका अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए भने मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । बंगलादेशका लागि शकिब अल हसनले ३६ रन जोड्दा मोहमद नाइमले ३० रन बनाए । यस्तै अफिफ होसेनले २३ रन जोडे । अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिए । बंगलादेश टुरमा रहेको अष्ट्रलियाले पाँच टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0