प्रशिक्षक अलमुताइरी र नेम्बाङबीच सहमति

फुटबल समाचार

काठमाडौं । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको देखिएको समस्या सहमतितर्फ आएको छ। यसअघि एकले अर्कोलाई आरोप लगाउँदै एन्फाका छानविनका लागि निवेदन दिएका थिए, मंगलबार उनीहरुबीच भेटघाट र छलफल भएको छ ।

मंगलवार काठमाडौंको एक होटलमा भएको प्रशिक्षक र उपाध्यक्षबीचको भेटघाटले सहमतिको बाटो लिएको छ। भेटघाट पश्चात् दुवैले पुरानो विवादलाई पछाडि सार्दै आउने दिनमा सहकार्य गर्दै काम गर्ने निर्णय गरेका हुन्।

गत शुक्रबार एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेपनि यो विवाद मिलाउन नसकेपछि युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा छानविन गर्न अनुरोध गर्दै पत्र पठाएको थियो । त्यसपछि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपलाई यस विषयको छानविन गर्न निर्देशन दियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *