त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा, को को परे ?

क्रिकेट

काठमाडौं, साउन २० : आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ।

जसमा नयाँ अनुहारका रुपमा गुल्सन झा अटाएका छन् । युवा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व कप लिग-२ मा अन्तिम पटक गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासँग नै घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो। त्यसपछि लिग-२ को खेलहरु कोरोनाका कारण बारम्बार सर्दै आएको छ।

यस्तो छ टिम : ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेल

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *