६९ वर्षीय लुइस भान गाल तेस्रोपटक बने नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक

फुटबल

काठमाडौं : ६९ वर्षीय लुइस भान गाल तेस्रोपटक नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। युरो २०२० को अन्तिम १६ मा चेक रिपब्लिकसँग पारजित हुँदै नेदरल्याण्ड बाहिरिएपछि फ्रांक डि बोरले राजीनामा दिएपछि ६९ वर्षीय भान हाल नियुक्त भएका हुन् ।

डच टिमको प्रशिक्षकको भूमिकामा फर्कन पाउँदा आफूले गर्व महसुस गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘डच फुटबल सदैव मेरो हृदयमा छ । आफ्नै राष्ट्रिय टोलीको प्रशिक्षक बन्‍ने प्रस्ताव आउँदा म पक्कै पनि भावुक भए । किनभने यो जिम्मेवारी गर्विलो छ । तत्कालका लागि हाम्रो ध्यान विश्वकप छनौट खेलहरुमा हुनेछ,’ भान हालले भनेका छन् ।

भान हालले पहिलोपटक २००० नेदरल्यान्ड्सको टिम सम्हालेका थिए। २००२मा टिम छाडेका भान हाल २०१२ मा फेरि डच टिममा फर्केका थिए। भानहालले आफ्नो करियरमा २० वटा मुख्य उपाधिहरू जितेका छन् । जसमा आयाक्ससँग च्याम्पियन्स लिगको उपाधिका साथै बायर्न म्युनिख र बार्सिलोनासँग लिग उपाधि रहेका छन् । उनकै नेतृत्वमा नेदरल्याण्डले सन् २०१४ को विश्वकपमा तेस्रो स्थान जितेको थियो । म्यान्चेस्टर युनाइटेडसँग उनले एफए कपको उपाधि जितेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *