भारतीय हक्की टिमले ४१ वर्षपछि जित्यो ओलम्पिकमा पदक

टोकियो ओलम्पिक समाचार

काठमाडौं : ओलम्पिकमा भारतको हक्की टिमले ४१ वर्षपछि काश्य पदक जितेको छ। जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो ।

बिहिबार सुरूमा पछि रहेको अवस्था उल्ट्याउँदै भारतले कास्य पदक जितेको हो। अत्यान्त रोमाञ्चक खेलमा पहिलो हाफसम्म ३-३ गोलको बराबरी खेलेको भारतले दोस्रो हाफमा थप २ गोल थप्दा जर्मनीले १ गोल गर्न सफल भएको थियो।

भारतको महिला हक्की टिम पनि काश्य पदकका लागि बेलायतविरुद्ध खेल्दैछ। पुरुष हक्की टिमको स्वर्ण पदकका लागि अष्ट्रेलिया र बेल्जियमले प्रतिस्पर्धा गर्नेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1