मैत्रीपुर्ण खेलमा साल्जवर्गसँग बार्सिलोना पराजित

फुटबल

काठमाडौं : नयाँ सिजन सुरू हुनुअघिकोप्रि–सिजनको मैत्रीपुर्ण खेलमा बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । रेडबुल एरिना वाल्स सिजनेहेइनमा गएराति भएको खेलमा बार्सिलोना घरेलु टोली साल्जवर्गसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

साल्जावर्गलाई जित दिलाउनको लागि लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गरे । बार्सिलोनालको मार्टिन ब्रेथवेटले एक गोल फर्काए । घरेलु टिम साल्जबर्गले लुका सुकिकको गोलबाट ४३औं मिनेटमा अग्रता लिएको थियो। बार्सिलोनाका मार्टिन ब्रेथह्वाइटले ८२औं मिनेटमा बराबरी गोल फर्काए। तर अन्तिम मिनेटमा ब्रेन्डेन एरोनसनले गोल गरेपछि बार्सिलोनाले हार टार्न सकेन।

बार्सिलोनाले यसअघिको तीन मैत्रीपूर्ण खेल जितेको थियो। बार्सिलोनाले अब अगस्ट ८ मा जोन ग्याम्पर ट्रफीमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । त्यसपछि बार्सिलोना नयाँ सिजनमा होमिनेछ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *