आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

क्रिकेट

काठमाडौं : आगामी सेप्टेम्बरमा ओमनमा हुने नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।

उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।

क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन् । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ४ खेलबाट समान २-२ जित र हारको नतिजा सहित ४ अंक जोडेर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष रहँदा अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

यस्तो छ टिम : ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेल

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *