त्रिकोणात्मक सिरिज अगाडि नेपालले पपुवा न्युगिनीसँग खेल्ने

क्रिकेट

काठमाडौं : नेपाली क्रिकेट टोलीले ओमानमा त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय क्रिकेट खेल्ने तयारी गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने तयारी गरेकाे हाे ।

नेपाल क्रिकेट संघ क्यानले पीएनजी सँगको खेलका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट अनुमति पाउन भने बाँकी रहेको जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ४ खेलबाट समान २-२ जित र हारको नतिजा सहित ४ अंक जोडेर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष रहँदा अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0