ओलम्पिक महिला फुटबल : अस्ट्रेलियालाई हराउँदै अमेरिकाले जित्यो कांस्य पदक

टोकियो ओलम्पिक फुटबल

एजेन्सी। टोकियो ओलम्पिकको महिला फुटबलमा फिफा विश्वकप विजेता अमेरिकी महिला फुटबल टिमले आज अस्ट्रेलियालाई ४–३ ले हराउँदै कांस्य पदक जितेको छ।

अमेरिकाको जितमा मेगन रापिनो र कार्ली लोएडले समान दुई गोल गरे। अस्ट्रेलियाका सामन्थ केर, कैटलिन फोर्ड र इमिले जिइलनिकले एक/एक गोल गरे।

पाँचौँ स्वर्ण पदक जित्ने लक्ष्यका साथ जापान आएको अमेरिका सेमिफाइनलमा क्यानडासँग हारेको थियो। क्यानडाले स्वर्ण पदकका लागि शुक्रबार स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *