२० बर्षपछि मेसिले बार्सिलोना छोडे

फुटबल

एजेन्सी । स्पेनिस क्बल बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोना क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार राति एक विज्ञप्ति निकाल्दै नयाँ मेस्सीसँग सम्झौता हुने नसकेको जानकारी गराएको हो ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो । गत जुन ३० देखि क्लब विहीन बनेका मेस्सी र बार्सिलोनाबीच पाँच वर्षको नयाँ सम्झौता हुने चर्चा गरिएको थियो ।

खासगरी स्पेनिस लिग फुटबल ला लिगाको व्यवस्थाको कारण मेस्सीसँग सम्झौता हुन नसकेको बार्सिलोनाले जनाएको छ । मेस्सीको सम्झौता अप्ठ्यारोमा परेपछि युरोपका अन्य चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन् ।

बार्सिलोनाको सिनियर लागि खेल्दै मेस्सीले क्लबबाट ७ सय ७८ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन् । बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
2
Tagged