ला लिगाको यो नियमको कारण बार्सिलोना छोड्न बाध्य भए मेसि

फुटबल

काठमाडौं : अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले स्पेनिस क्बल बार्सिलोना छाड्ने पक्का भएको छ । बार्सिलोनाले बिहीबार अर्जेन्टिनी स्टार मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ ।

‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

खासगरी स्पेनिस लिग फुटबल ला लिगाको व्यवस्थाको कारण मेस्सीसँग सम्झौता हुन नसकेको बार्सिलोनाले जनाएको छ । मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने भनिएपनि क्लबमा मेस्सी वा अन्य कुनैपनि नयाँ खेलाडी दर्ता गर्न तलब घटाउनुपर्ने बाध्यताको कारण मेस्सीले बार्सा छाड्ने भएका हुन् ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाट क्लब सँगको सम्झौताबाट फ्रि भएका थिए । मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए। यद्यपि उनी अब कुन क्लब जाने भन्ने निश्चित भएको छैन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
8
+1
1
+1
8
+1
22
Tagged